तनहुँमा बस दुर्घटनाः दुईको मृत्यु

फाेटाे फाइल 

पुस २५, दमौली । शुक्रबार तनहुँमा ग१ख ६१७५ नंको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको उक्त बस  तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग आज बिहान दुर्घटना भएको हो ।   

Image result for तनहुँमा बस दुर्घटना

दुर्घनामा परी घिरिङ गाउँपालिका १ बस्ने २० वर्षीया मुना थापाको घटना स्थलमै मृत्यु भएको र सोही स्थानकै  वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको उपचारको क्रममा पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेलेका अनुसार बस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना हुन पुगेको हो ।   

उनका अनुसार घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *