सौन्दर्य देखी यस्तो खतरनाक रोगको उपचार गाजर

पुस २८ । गाजर स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । रेसादार तरकारी भएकाले यो निकै गुणवान हुन्छ । १ सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्र्राम रेसा, ०.९ ग्राम प्रोटिन, ०.३ बासो त्यस्तै भिटामिन के पनि पाइन्छ ।   

सामान्यतः सलादको रुपमा प्रयोग गरिने गाजरको प्रयोग गर्ने गरिन्छ । जसले मानव शरीरलाई थुप्रै रोगबाट बच्न मद्दत गर्छ । 

क्यान्सरसँग लड्न   

Image result for eating carrot

गाजरमा हुने भिटामिन ए, सी र बी ६ ले स्तन क्याक्सर, फोक्सोको क्यान्सर जस्ता क्यान्सरबाट बचाउँछ । 

मुटुको रोगबाट बच्न   

फाइबर र पोटाशियमले भरिएको गाजर खादाँ मुटु पनि स्वस्थ हुन्छ । यसले हाइपरटेन्शनबाट पनि बचाउँछ । रक्तचाप सन्तुलन राख्न र हृदयघातबाट बच्नको लागि गाजर खानुपर्छ । 

तौल कम गर्न 

यदि तपाईं तौल कम गर्ने सोचमा हुनुहुन्छ भने खानामा गाजर पनि सामेल गराउनुस् ।  तौल घटाउनको लागि गाजर बरदान साबित हुनसक्छ । गाजरमा क्यालोरीको मात्रा कम हुने भएकाले तौल कम गर्न गाजर खाने गर्नुपर्छ । गाजरबाट भिटामिन सी धेरै पाइने भएकाले तौल नियन्त्रण गर्न लाभदायी हुन्छ । त्यसको लागि गाजरलाई तरकारी वा सलादको रुपमा प्रयोग गर्न सकिन्छ । 

यसैगरी गाजरमा मिनरल्सको मात्रा पनि उत्तिकै हुने भएकाले यसले हाइड्रोजन नियन्त्रण गर्छ । त्यसैगरी, गाजरको सेवन गर्दा इलेक्ट्रोलायट लेवल नियन्त्रण हुन्छ । 

जवान देखिन   

गाजरमा हुने भिटामिन सीले कोशिकाहरुलाई छिटटै मर्न दिदैँन जसले गर्दा लामो समय जवान देखिन मद्दत गर्छ  । 

गर्भपतन रोक्न   

फिटल इन्फेक्शन र गर्भपतन रोक्नको लागि गाजर सेवन गर्न आवश्यक छ । यसैगरी गाजरले स्तनपान गराउने महिलाहरुमा दूध उत्पादनको मात्रा बढाउँछ । महिनावारीको दौरान हुने क्र्याम्पस र मीनोपोज हुने महिलाहरुका लागि गाजर उपयुक्त हुन्छ । 

कपाल झर्न रोक्छ   

कपाल झर्न सुरु भयो भने गाजरको सेवन गर्नुस् । यसले कपाल बढाउने र झर्ने समस्या रोक्न मद्दत गर्छ । 

यस्तै गाजरका अन्य फाइदाहरु पनि हुन्छ । यसले आँखाको ज्योती बढाउँछ । गाजरमा प्रोटीनको मात्रा बढी हुने भएकाले यसको जूस फाइदाजनक मानिन्छ । यसमा भएको क्याल्शियमले हड्डीहरु मजबुत बनाउँछ । उच्च रक्तचाप, कालेस्ट्रोल जस्ता समस्याहरु हुन दिँदैन । मुखको दुर्गन्ध, कालो मुसा आउन नदिने र अनुहारमा चमक पनि ल्याउँछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *