सभामुख हामीलाई दिनुस् : सभापति देउवा

माघ १, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु दिन आग्रह गरेका छन् । उनले नेकपाभित्रको विवादले संसदल बन्धक बनाउन नमिल्ने भन्दै सभामुखमा सहमति हुन नसहकेको भए कांग्रेसलाई दिए हुने बताए ।   

उनले चाँडै सभामुखको उम्मेदवार चयन गरी संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन् । 

यसैबीच सभापति देउवाले एमसीसी मिलेनियम च्यालेन्ज कांग्रेसले अनुमोदन गर्ने भनेर पास गरिसकेको बताउँदै संसदमा अनुमोदन गर्न आग्रह पनि गरे । उनले भने,‘‘नेपालको विकासमा अमेरिकाले ग्राहायता दिएको छ । यसलाई अनुमोदन गरेर जानुपर्छ ।’ 

Image result for शेरबहादुर देउवा

पार्टी सभापति देउवाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको पार्टीको महाधिवेशनको समय अब कुनै पनि हालतमा परिवर्तन नहुने जिकिर गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *