नेपाल मेडिसिटीका चिकित्सकसंग दक्षिण कोरीयाली सर्जनले गरे अर्न्तक्रिया

पुस २५, काठमाडाैँ । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसंग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा  अर्न्तक्रिया गरेका छन् । 

दक्षिण कोरिया स्थित क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल सर्जरी विभागमा कार्यारत डा. सांग गोएल किमले शुक्रबार नेपाल मेडिसिटी अस्पतालका सर्जन लगायतका चिकित्सकहरुसंग  अर्न्तक्रिया गरेका छन् ।  अर्न्तक्रियामा फरक शैलीमा उनले गर्दै आएका हेपाटो बाइलयरी सर्जरी प्रक्रियाबारे प्रष्ट पार्दै यसका लागि आवश्यक पद्धतीबारे बताए । 

नेपाल मेडिसिटी अस्पतालका सर्जरी विभाग प्रमुुख डा. सुुनिल कुमार शर्मा ढकालले डा. किमको उपस्थिती र  अर्न्तक्रिया नेपाली चिकित्सकहरुका लागि निकै फलदायी रहने अपेक्षा गरे ।  

नेपाल मेडिसिटी अस्पतालमा अत्याधुनिक उपकरण र पद्धतिलाई अपनाउँदै बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको अवस्थामा थप नयाँ पद्धतिबारे जानकारी प्राप्त गर्नुु सबैका लागि सुनौलो अवसर रहेको उनले बताए ।   

अस्पतालका महाप्रबन्धक बिजय रिमालले स्वदेशमै विश्वस्तरिय उपचार प्रदान गर्दै आइरहेको र यस किसिमका कार्यक्रमलाई सधै प्रोत्साहन गर्दै आएको बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *