गलकोट समाज जापानको टोकियोमा बृहत सांस्कृतिक कार्यक्रम तयारी पुरा

पुस १७, जापान टोकियो ।  गलकोट समाज जापानले बिहिबार राजधानी टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै छ । अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा बृहत साँस्कृतिक धमाका गर्न लागिएको संस्थाका अध्यक्ष दिलु खत्रीले जानकारी दिए ।  

समाजले प्रत्येक वर्ष नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लाई आमन्त्रण गरिएको छ । आज टोकियोमा हुने उक्त नयाँ वर्ष धमाकामा चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, सम्झना लामिछाने, सुर्य खडका, प्रश्ना पाण्डे लगायतले आफनो सांगितिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन । 

विगतका वर्षमा समाजले जापानका विभिन्न शहरहरु ओसाका, नागोया र टोकियोमा बृहत साँस्कृतिक धमाका गर्दै आईरहेको छ । यस वर्ष भनें विशेष कारणबस टोकयोमा मात्र कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । समाजले सन २००६ देखि जापानमा सक्रिय रहँदै आएको छ । स्थापनाकाल देखि नै समाजले गलकोटको विकास र समृद्विमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको संस्थाका महासचिव कृष्ण केसीले जानकारी दिए । 

रोजगारीको सिलसिलामा गलकोट देखि जापान आएका सम्पूर्ण गलकोटेहरुको साझा सस्थाको रुपमा परिचित गलकोट समाज जापानले नेपालमा आई परेका विभिन्न विपदका समयमा समेत सहयोग गर्दै आएको छ । नेपाली पन संस्कृति र परम्परा साथै भाषाको जगेर्ना गरि विदेशमा बस्दा पनि नेपाली पनका लागि नेपाली कलाकारहरुका साथ आफूहरुले प्रत्यक वर्ष साँस्कृतिक कार्यक्रम गर्दै आएको उनले बताए । 

 हरेक वर्ष विभिन्न सामाजिक उद्देश्यका साथ समाजले साँस्कृतिक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक बिजय भण्डारीले जानकारी दिए । संस्थाले यो वर्ष गलकोट क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्य बोकेर कार्यक्रम आयोजना गरेको हो । 

बिगतमा जस्तै यो बर्ष पनि गलकोट समाज जापानले विशुद्व परोपकारी कार्यमा जापानबासी नेपालीहरुको अपार मायाँ पाउने अपेक्षा गरेको छ । साथै समाजले नेपालमा कम आर्थिक अवस्था रहेका विद्यार्थीहरुको पढाई एवं स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ । भुकम्प पछिको उद्दार एवं रहतमा आफुले राम्रो काम गर्दै आएको समाजले आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा काम गर्ने जनाएको छ ।  

समाजले गरेको कार्यक्रमबाट उठेको रकमबाट समाजले गलकोटमा  शिक्षा र स्वास्थ्यमा लगानी गरिने अन्तराष्ट्रिय गलकोट समाजका संयोजक तथा गलकोट समाज जापानका संरक्षक बेलुकाजी थापाले बताए । आज टोकियो निसी आर आई मा हुने बृहत सांस्कृतिक धमाकामा सहभागी भई कार्यक्रम भव्य रुपमा सफल पार्न समाजले अपिल समेत गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *