सिटिजन्स बैंकद्वारा ATM मा Mastercard सेवा

पुस १८, काठमाडाैँ ।  सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको ATM मा Mastercard  सेवा सुरुवात गरेको छ । यो सेवाको सुरुवात  सँगै Mastercard, Maestro  तथा Cirrus ब्राण्डका कुनै पनि कार्ड यस बैंकको ATM  मा चल्ने छन् । 

नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  संगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा Mastercard ब्राण्डका कार्ड बाहक ग्राहकहरु लाभान्भित हुने विश्वास बैंकले लिएको छ ।  

बैंकले यस अघि नै Visa तथा Union Pay  सँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी यस बैंकले  देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख  ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *