यती समूहलाई भवन निर्माण कार्य रोक्न उच्च अदालतले दियो अन्तरिम आदेश

पुष २५, काठमाडौं‌ । यती समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै परेको रिटमा उक्त आदेश आएको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले  नेपाल ट्रस्ट कार्यालयले  एक अर्ब ५९ करोड २० लाख ९१ हजार ७०१ रुपैयाँमा सम्झौता गर्न आउनु भनी थामसेर्कु ट्रेकिङ प्रालिलाई गरेको पत्राचार प्रथम दृष्टिमा सार्वजनिक खरिद ऐन र नियमावलीको प्रतिकुल देखिएकाले सम्झौता यथास्थितिमा राख्न र सम्झौताअनुसारको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हाे । 

अदालतले दुवै पक्षलाई १ माघमा छलफल गर्न बोलाएको छ । त्यस्तै यस विषयमा अदालतलाई कानूनी परामर्श दिन एमिकस क्युरीका रुपमा दुई जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन उच्च अदालत बार एशोसिएशन पाटनलाई आग्रह समेत गरेको छ । 

नेपाल ट्रष्टले मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिएको थियो । यसले राज्यलाई पाँच अर्ब नोक्सान भएको भनी अधिवक्ता परिवर्तन राईले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *