सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा

माघ ३, काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ ।   

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा गएको पौष २९ गते  देखि नगद लाभांश जम्मा गर्न थालेको हो । 

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।   

Image result for सांग्रिला डेभलपमेन्ट बैंक

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो ।   

यस अनुसार गएकाे पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । हालसम्म लाभांश प्राप्त गर्ने  शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउन  तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउन समेत जानकारी  गराईएकाे छ । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *