मिसाइल आक्रमणबाट ८० अमेरिकी सैनिक मारिएको इरानी सञ्चारमाध्यामको दावी

पुष २३, काठमाडौं । इरानले  इराकस्थित अमेरिकी सैन्य शिविरमा गरेको मिसाइल आक्रमणमा परि ८० जना अमेरिकी सैनिक मारिएको जनाएको छ ।   

अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि त्यसको बदाललाई लिन इरानले मंगलबार राति अमेरिकी दुई सैन्य शिविरमा मिसाइल आक्रमण गरेको थियो । 

घटनाको क्षतिबारे स्वतन्त्र पुष्टी भने हुन बाँकी छ ।   

इरानले इराकको अनवर प्रान्तस्थित ऐन अल असद वेस र इरबिलमा मिसाइल आक्रमण गरेको थियो ।   

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आक्रमणको समीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन् । उनलेमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म सबै ठीक छ, हामीसँग विश्वकै शक्तिशाली सेना छन् । म भोली बिहान एक बयान जारी गर्नेछु । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *