फोनपेले ल्यायो आकर्षक उपहार योजना

माघ १, काठमाडौँ ।  फोनपेले क्यूआर मार्फत कारोबार गर्ने ग्राहक र व्यापारीका लागि आकर्षक उपहार योजना ल्याएको छ ।  नयाँ वर्ष २०२० को अवसरमा फोनपेले आकर्षक उपहार, क्यासव्याक, मोबाईल फोन तथा विदेश यात्रा गर्न पाइने योजना ल्याएको हो । 

फोनपेका सदस्य बैंक तथा इसेवा मार्फत, नेपालभर रहेका क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक तथा क्युआर भूक्तानी लिने व्यापारी यस उपहार योजनामा बिजेता बन्न सक्नेछन् । लक्की ड्र मार्फत बिजेता सार्बजनिक गरिने छ । 

यो उपहार योजना ग्राहक र व्यापारीका लागि ६ महिना सम्म लागु हुनेछ । बिजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँचवटा व्यापारीले आकर्षक उपहार प्राप्त गर्नेछन् । यस्तै हरेक हप्ता १ जना ग्राहक र १ जना व्यापारीले २५ हजार रुपैयाँ बराबरको मोबाईल फोन जित्न सक्नेछन् । 

यसैगरी हरेक महिना १ जना ग्राहक र १ जना व्यापारीले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र व्यापारीले अन्य थप ३ जनालाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चलन हुनेछ । 

 यस उपहार योजनामा दैनिक ५ जना ग्राहक र व्यापारी गरी कुल १८ सय १० जनाले उपहार पाउनेछन् । यसैगरी साप्ताहिक दुईजनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *