पुरुषहरुका लागि गर्भनिरोधक सुई एक पटक लगाएपछी १५ वर्ष सम्म ढुक्क

पुस २२, काठमाडौं । बढ्दो जनसंख्या नियन्त्रण गर्नका लागि विश्वमा अनेक तरिका अपनाउन थालिएको छ । जनसंख्या बढ्दै जाँदा गरिबी र बेरोजगारीजस्ता समस्या पनि सँगै बढ्न थाल्छन् । अहिलेसम्म हामीलाई जानकारी भए अनुसार गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेको थियो ।  

संगीनी सुई महिलाहरुले एक पटक लगाए तीन महिनासम्म ढुक्क हुने भन्ने कुरा चर्चामा रहेको छ । तर, अब भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको खुलाएका छन् ।  

उनीहरुका अनुसार यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन । उनीहरुले पहिलोपटक यस्तो सुई बनाएको दाबी पनि गरेका छन् । यो सुई इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरुले निर्माण गरेका हुन् । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न सक्छ । एजेन्सी 

Image result for पुरुषहरुका लागि गर्भनिरोधक सुई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =