बाजुरामा जीप दुर्घटना अपडेटः मृतक तीनको पहिचान खुल्यो

फाेटाे फाइल 

पुस १७, बाजुरा ।  बाजुरामा जीप दुर्घटना  परी घटनास्थलमै ज्यान गुमाउने चार मध्ये तीन जनाको पहिचान खुलेको छ भने एक जनाको अझै पहिचान खुल्न बाँकी नै रहेको छ ।   

प्रहरीका अनुसार दुर्घटना परी घटनास्थलमै ज्यान गुमाउनेमा जीप मालिकसमेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका ५ का २७ वर्षीय रमेशबहादुर शाही, हिमाली गाउँपालिका वडा नम्वर ६ का ३६ वर्षीय पवन भण्डारी र कैलाली जिल्ला मोहन्याल गाउँपालिका ५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगरकाेे पहिचान खुलेकाे हाे।   

Image result for बाजुरामा जीप दुर्घटना

बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार  से १ ज १०६४ नम्बरको उक्त  जीप बिहीबार दिउँसो काजुराको हिमाली गाउँपालिकामा भीरबाट कर्णाली नदीमा खसेर दुर्घटना हुँदा अन्य चार  ४ जना घाइते भएका छन् भने एक जना अझैँ बेपत्ता रहेका छन् । 

दुर्घटनामा परी घाइते हुनेमा मुगुका २० वर्षीय गोम्चो लामा, सोही ठाउँका २१ वर्षीय टोर्चे लामा, बाजुरा बुढिनन्दा ६ की २२ वर्षीया सरु विक र उनकी २ वर्षकी छोरी रहेकी छन्। 

घाइते मध्ये   टोर्चे र सरुको अवस्था अवस्था चिन्ताजनक भएकोले उनीहरुलाई सेनाको हेलिकोप्टरबाट सुर्खेत लैजाने तयारी भइरहेको छ ।   

दुर्घटनाबारे अनुसन्धान भईरहेको र दुर्घटनामा परी बेपत्ता भएकी बाजुरा स्वार्मीकार्तीक खापर गाउँपालिका –४ वाई बस्ने १३ वर्षीय सुशिला विकको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =