चितवनमा क्यान इन्फोटेक मेला हुँदै

पुस २१, चितवन । चितवनमा माघ अन्तिम साता क्यान एन्फोटेक मेला हुने भएको छ । 

कम्प्युटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनको आयोजनामा माघ २४ गतेदेखी २८ गतेसम्म मेला हुन लागेको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

चितवनको सम्बृद्धि , सूचना प्रविधि भन्ने मुल नाराको साथमा लायन्सचोकको पुरानो तरकारी मण्डीमा क्यान एन्फोटेक मेला हुन लागेको कम्प्युटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष सन्तोषजनक भुषालले जानकारी दिए । 

मेलामा सूचना प्रविधिका ८१ वटा स्टल रहने आयोजकले जनाएको छ । मेला अवधिभर भिन्न किसिमका सूचना प्रविधिका सम्वन्धि अर्न्तक्रिया कार्यक्रम , डिजिटल नेपाल प्रविधि प्रदर्शनी तथा प्रतियोगिता , साइबर सुरक्षा सम्बन्धि सेमिनार लगायतको बिभिन्न कार्यक्रम हुने क्यान चितवनका निवर्तमान अध्यक्ष भानु शर्माले बताए । मेला सम्पन्न गर्न करिब ४३ लाख रुपैयाँ खर्च हुने आयोजकलदे अनुमान गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *