२३ बालबालिका बन्धक बनाउने अपहरणकारीकाे मुठभेडमा मृत्यु

माघ १७, भारत ।  भारतको उत्तर प्रदेशको फार्रुखाबाद जिल्लाको मोहम्मदाबाद इलाकामा २३ बालबालिकालाई बन्धन बनाउने व्यक्ति सुभाष बाथमको पुलिस मुठभेडमा मृत्यु भएको छ । सबै बच्चा सुरक्षित छन् । 

कानपुर परिक्षेत्रका पुलिस महानिरीक्षक मोहित अग्रवालले बीबीसीसँगको कुराकानीमा अपहरणकर्ता सुभाषको पुलिस मुठभेडमा मृत्यु भएको र सबै बच्चालाई बचाइएको जानकारी दिएका छन् । 

मोहित अग्रवालका अनुसार अपहरणकर्ताले ती बालबालिकाको रिहाईका लागि एक करोड रकमको माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको अभियोग पनि फिर्ता लिन माग गरिरहेका थिए । 

यसअघि अघिल्लो रात अपहरणकर्ताले एकजना बच्चालाई रिहा गरेका थिए । 

मोहम्मदाबाद तहसीलको करसिया गाउँको जुन घरमा बच्चाहरुलाई बन्धक बनाएर राखिएको थियो, त्यो घर सुभाष बाथमकै थियो । पुलिसका अनुसार सुभाष बाथम निकै चलाख किसिमका अपराधी थिए र उनी थुप्रै पटक जेल पनि गइसकेका थिए । उनीमाथि हत्याको मुद्दा पनि चलिरहेको थियो । 

स्थानीयका अनुसार बिहिबार दिउँसो छोरीको जन्मदिनको बहानामा सुभाष बाथमले गाउँका बच्चाहरुलाई आफ्नो घरमा खानाका लागि बोलाएका थिए । करिब तीन बजेभित्र सबै बच्चाहरु उनको घर पुगिसकेका थिए । त्यसपछि सुभाष बाथमले घरको मुख्य ढोका भित्रबाट बन्द गरिदिए । 

बेलुकी करिब साढे चार बजे एक महिला आफ्नो बच्चा लिन जाँदा उनलाई बच्चा बाथमको कब्जामा भएको थाहा भयो । ती महिलाले नै पुलिसलाई सूचना दिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *