गण्डकी प्रदेशमा कांग्रेसद्वारा संसद अवरुद्ध

माघ १३, पोखरा । गण्डकी प्रदेशमा कांग्रेसले सोमबार प्रदेशसभा अवरुद्ध गरेको छ । सांसदले उठाएको प्रश्नको जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो । 

७ दिनभित्र सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थालाई सरकारले लत्याएको कांग्रसको आरोप छ ।   

सोमबार १ बजे सुरु हुने भनिएको वैठक कांग्रेसले अवरोध गरेपछि ३ बजेसम्म स्थगित भएको थियो । ३ बजे बैठक बस्ने भनिए पनि फेरि अवरोध भएपछि मंगलबार ११ बजेसम्मको लागि स्थगित भएको हो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *