गोकर्ण रिसोर्ट यतिलाई अर्को २५ बर्ष पनि

मंसिर २८, काठमाडौं । गोकर्ण रिसोर्ट यती होल्डिङ्स प्रालिलाई अर्को २५ वर्ष लिजमा दिएको छ । लिजको म्याद सकिनुभन्दा झण्डै ६ वर्षअगावै मन्त्रिपरिषदबाट निर्णय गरेर यतिलाई थप २५ वर्ष लिजमा दिइएको छ । 

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यती होल्डिङ्स प्रालिलाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतीलाई समय थपिएको हो । 

गोकर्णेश्वर नगरपालिकामा पर्ने, झण्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका लागि यतीले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा सरकारलाई तिर्दै आएको छ । 

null

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रष्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद बैठकले समय थप्ने निर्णय गरेको र मन्त्रिपरिषदले गरेका अन्य निर्णयहरु गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन । यो समाचार कान्तिपुरले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =