बलात्कारीको उमेर घटाएर जन्मदर्ता बनाउने वडा सचिव परे प्रहरीकाे फन्दामा

पुस १०, वीरगन्ज । बलात्कारीको फर्जी जन्मदर्ता बनाउने वडा सचिव पक्राउ परेका छन् ।
विवाहित महिलालई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभियुक्तको उमेर घटाएर फर्जी जन्मदर्ताको प्रमाण पत्र बनाउने बाराको पचरौता नगरपालिका-५ का वडा सचिव प्रभु पंडितलाई प्रहरीले पक्राउ गरेको हो ।
१८ वर्षीय सोहन भनिने जितेन्द्र महत्तो नुनियाले एक महिलालाई जबरजस्ती बलात्कार गरेका थिए। घटनाका बारेमा पिडित पक्षले जानकारी गराएपछि प्रहरीले नुनियालाई पक्राउ गरी जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्धा दर्ता गरी बारा जिल्ला अदालतमा पेश गरेपछि अदालतले पुर्पक्षको लागि जेल चलानको आदेश दिएको थियो।

उक्त घटनामा अभियुक्तलाई फाइदा हुने नियतले वडासचिवले २०५८ सालमा जन्म भएका अभियुक्त नुनियाको २०६० सालमा जन्म भएको भनी किर्ते जन्मदर्ताको प्रमाणपत्र बनाएर दिएको भन्दै पिडित पक्षले प्रहरीमा उजुरी दिएका थिए।
त्यहि उजुरीको आधारमा प्रहरीले वडा सचिव नुनियालाई बुधबार साँझ पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए। पक्राउ परेका वडा सचिवलाई बारा जिल्ला अदालतमा पेश गरी पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नुनिया हाल वीरगन्ज कारागारमा छन्।








