मौसमः पश्चिमि वायूको प्रभावले देशभर बदलि, हिमपात/वर्षा हुने संभावना

पुस ०५, काठमाडौं । पश्चिमि वायूको प्रभावले देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहेको मौसम पूर्वानुमान शाखाले जानकारी दिएको छ ।   

देशको उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातरवर्षा हुने संभावना देखिएको र तापक्रममा गिरावट आइ चिसो बढ्ने शाखाले पूर्वानुमान गरेको छ ।   

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष ५ गते (शनिवार) 

दिउँसो: देशको पश्चिमि भू-भाग लगायत मध्य तथा पूर्वी पहाडि भू-भागमा सामान्य वदली र अन्य स्थानहरुमा आंशिक वदली रहनेछ। देशका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 

राती: देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। देशका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ । 

पौष ६  गते (आइतवार) 

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागगमा मौसम समान्यतया सफा रहनेछ।   

राती: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

पौष ७  गते (सोमवार) 

दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

राती: देशको पूर्वी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =