मानसिक तथा शारिरमा स्फूर्ति ल्याउन गर्ने गराैँ जुम्बा डान्स

पुस ३ ।  शरीरको अनावश्यक बोसोलाई पगालेर, तौल घटाएर फिट राख्ने चाहना सबैलाई हुन्छ । स्वस्थ रहनको लागि सन्तुलित भोजन, पर्याप्त निन्द्राका साथ साथै नियमित व्यायाम पनि अति आवश्यक हुन्छ । नियमित व्यायामका लागि पनि विभिन्न तरिकाहरूको प्रयोग गर्न सकिन्छ । 

  

मर्निङ्ग वाक। जिम, योगा जस्ता विभिन्न तरिकामध्ये सबैभन्दा उत्तम विकल्प ‘जुम्बा’लाई मान्न सकिन्छ । जुम्बालाई नाचेर गरिने व्यायाम पनि भनिन्छ । नाच्नका लागि आफू अनुकूलको गीत पनि रोज्न सकिन्छ । नियमित जुम्बाले शरीरमा कुनै पनि किसिमको असर गर्दैन । तर, मानिसहरूमा जुम्बा भनेको जसरी पनि नाचे हुन्छ भन्ने गलत बुझाइ भएको हुनसक्छ । 

Image result for जुम्बा डान्स

शरीरको तौल घटाउनका लागि जुम्बा एउटा नियमभित्र र फर्मुला हेरेर गर्नु पर्छ । दैनिक एक घन्टाका लागि गर्नु पर्ने जुम्बाका तीन चरण हुन्छ । सुरुको १५ मिनेट वार्मअप, त्यसपछि ३० मिनेट डान्स स्टेप र अन्तिमको १५ मिनेट कूल डाउन गर्नुपर्छ । 

त्यसमा पनि फर्मुलामा रहेर फास्ट, स्लो, स्लो, फास्ट आवश्यकताअनुसार डान्स गर्नु पर्ने हुन्छ । यसरी क्रम मिलाएर एक घण्टा जुम्बा गर्दा पाँच सयदेखि एक हजार क्यालोरी घटाउन सकिन्छ । नियमित जुम्बा गर्नाले शारीरिक तथा मानसिक स्फूर्तिमा धेरै सकारात्मक परिवर्तन आउनुका साथै सोचाइमा पनि सकारात्मक परिवर्तन आउँछ । विभिन्न चरणमा नाचेरै गरिने यो व्यायाम दिन–प्रतिदिन लोकप्रिय हुँदै गएको देखिन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 5 =