DAV कलेजको दोक्ष्रो दीक्षान्त समारोह सम्पन्न

पुस १४, काठमाडौँ । DAV सुशील केडिया विश्व भारती उच्च माद्यामिक विद्यालयको दोक्ष्रो दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ । आफ्नो कलेजबाट बीबीए र बीबीएस अध्ययन सकेका विद्यार्थीलाई दीक्षित गर्दै कलेजले उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान समेत गरेको हो । 

कलेजका अध्यक्ष अनिल केडियाको सभापतित्वमा भएको समारोहमा स्याकार कम्पनीका अध्यक्ष एवं ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले अध्ययनकालका आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा दिने मन्तव्य राखेका थिए । 

उनले नेपालको भविष्य विद्यार्थी र युवाहरुको काँधमा भएको बताउदै देशमा धेरै कुराहरुको सम्भावना रहेको धारणा राखेका थिए । DAV कलेजबाट पढेर दक्ष हुन पाउनु भाग्यको कुरा भएको बताउदै सौरभ ज्योतीले पढाई मात्र सबैभन्दा महत्वपूर्ण नभएर यो संगै सीप र व्यवहारिक ज्ञान पनि एकदम महत्वपूर्ण भएको बताए ।  

आफूले पनि भारतको बैंगलोरमा अध्ययन गरेको घटना सुनाउदै अध्ययनकालको समयमा आफूले महसुस गरेका कुराहरू विद्यार्थीले बुझ्ने गरेर कथाहरु मार्फत प्रस्तुत गरेका थिए । यस्तै द्वन्दकालको बीचमा नेपालमा केहि गर्ने सोचका साथ देश फर्किएको बताउदै अहिले त देशमा हरेक क्षेत्रमा सम्भावना भएको र त्यति नै चुनौती समेत भएकाले देशमै केहि गर्न विद्यार्थीहरुलाई सुझाव दिए । 

कलेजका अध्यक्ष केडिया र ज्योती ग्रुपका मालिक सौरभ ज्योतीले पानसमा दियो बालेर उद्घाटन भएको समारोहमा DAV कलेजका कार्यक्रम संयोजक रोजिस शाक्यले स्वागत गरेका थिए भने कार्यक्रममा उक्त कलेजका प्रोफेसर डा. मनोज कुमार चौधरी र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण्लाल महर्जनले शुभकामना मन्तव्य राख्नुभएक । कलेजका बीबीए तर्फका ६४ र बीबीएस तर्फका ३९ जना गरी १०३ जना विद्यार्थी दीक्षित भएका थिए । 

उक्त समारोहकै क्रममा कलेज टपर हुन सफल बीबीए तर्फकी विद्यार्थी प्रिया सुनुवारलाई गोल्ड मेडल र बीबीएस तर्फकी विद्यार्थी कल्यानी कुँवरलाई शैक्षिक उत्कृष्टता अवार्डले सम्मान गरिएको थियो । त्यस्तै उनीहरु दुवै जनाले आ-आफ्नो अनुभव आफ्ना साथीहरु लगायत अभिभावकहरुलाई सुनाउदै मन्तव्य राखेका थिए । समारोहका बीच दीक्षित विद्यार्थी र अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =