सधैँ मुस्कुराउने गर्नुस्, हुन्छन् यस्ता फाईदा

१, डाक्टरले मुस्कुराउँदै बिमारी जाँच्दा बिरामीको आत्मा बिश्वास दुई गुना हुन्छ । 

२, गृहिणीले मुस्कुराउँदै घरको काम गर्दा पुरै परिवारमा खुसियाली आउँछ । 

३, शिक्षक मुस्कुराउँदै कक्षा कोठामा प्रबेश गर्दा सबै बालबालिकाहरूको अनुहारमा पनि मुस्कान छाउँछ । 

Related image

४, बेलुका बुवा घरमा मुस्कुराउँदै फ़र्कदा पुरै परिवारमा खुसीको बाताबरण बन्छ । 

५, ब्यापारी मुस्कुराउदै कम्पनीमा प्रबेश गर्दा सबै कर्मचारीहरूको मनमा दबाब कम हुन्छ । 

६, पसलेले मुस्कुराउँदै आफ्नो ग्राहकहरूलाई सम्मान गर्दा ग्राहकहरू खुसी हुँदै पसलबाट धेरै भन्दा धेरै सामानहरू किन्छन् । 

७, कर्मचारीहरूले मुस्कुराउँदै सेवाग्राहीहरूलाई सेवा दिएमा सेवाग्राहीहरूमा कर्मचारीहरू प्रतिको नकारात्मक भावना हराएर जान्छ । 

८, कहिले काँही सडकमा हिँड्दा अनजान ब्यक्तिलाई हेरेर मुस्कुराउँदा उसको मुहारमा पनि मुस्कान आउँदछ । 

 त्यसैले तपाइ पनि सक्दो मुस्कुराउँनु होस् किनकि   

 १, मुस्कुराउँदा पैसा लाग्दैन यो खुसी एवम् सम्पन्नताको पहिचान हो । 

२, तपाइको एक मुस्कानले कयौं अनुहारमा मुस्कान ल्याइदिन सक्छ । 

३, यो जिबन तपाइले फ़ेरी पाउनु हुन्न । 

४, क्रोधमा दिएको आशीर्बाद पनि खराब लाग्छ र मुस्कुराउँदै दिएको गाली पनि कर्णप्रिय लाग्दछन् । 

५, दुनियाँका हरेक ब्यक्तिले फ़क्रेको फूल र हँसिलो अनुहारलाई मन पराउँछन् । 

६, तपाइको हाँसो कसैको खुसीको कारण बन्न सक्छ १ 

७, सम्बन्धहरू तबसम्म कायम रहन्छन् जबसम्म हामी एक अर्कालाई देखेर मुस्कुराई रहन्छौं । 

८, मुस्कान मानिस हुनुको पहिचान हो, एक पशु कहिल्यै पनि मुस्कुराउन सक्दैन । 

 यसकारण तपाईं पनि मुस्कुराउनु होस्     

अरूको अनुहारमा पनि मुस्कान ल्याउने प्रयत्न गर्नुहोस् , यो नै जिबन हो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 8 =