मध्यराती गाउँपालिका अध्यक्ष र उनकी श्रीमतीको अपहरण

पुस ६, काठमाडौँ । दैलेखमा गाउँपालिका प्रमुख अपहरणमा परेका छन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई शनिबार राति अज्ञात समूहले अपहरण गरेको हो ।   

शनिबार राति १२ बजे प्रतिबन्धित विप्लव समूहले शाही र उनकी श्रीमतीलाई अपहरण गरेको सुरक्षा निकायले आशंका गरिएको छ । उनीहरुलाई २० देखि २५ जनाको समूहले घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिइन् ।   

विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो । 

अध्यक्ष शाहीका भाइ हस्तबहादुर शाहीलाई विप्लव समूहले ६ महिनाअघि अपहरण गरेका थिए । तर, हस्तवहादुरलाई भने केही समयपछि नै छाडिएको थियो । – फाइल फाेटाे 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =