प्रधानमन्त्रीद्वारा कलाकारद्वय केशव र दीपकप्रति श्रद्धाञ्जली

मंसिर ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै  मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् । 

उनले ट्विट गर्दै भनेका छन्, ‘गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।’ प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् ।   

अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *