ओलीले बर्खास्त गर्ने भएपछि यादव बाध्य भएर दिए राजीनामा !

पुस ०९, काठमाडौं । उपेन्द्र यादवले मंगलबार दिउँसो उपप्रधान एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । 

बालुवाटार स्रोतका अनुसार उपेन्द्रले राजीनामा बुझाउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समय दिएनन् । त्यसपछि यादव र समाजवादी पार्टीबाट सरकारमा रहेका अर्का सहरी विकास मन्त्री इस्तियाक राईले प्रधानमन्त्रीको सचिवालयमा राजीनामा पत्र बुझाएका हुन् ।   

उपप्रधानमन्त्री यादवले पदबाट राजीनामा दिँदा बाहिर संविधान संशोधन गर्न नमानेकाले भन्ने कारण बताए पनि भित्री खेल भने अर्कै छ । प्रधानमन्त्री ओलीले केही दिनअघि समाजवादी पार्टीबाट मन्त्री रहेका इस्तियाक राईलाई बोलाएर आफ्नो अध्यक्ष उपेन्द्रलाई राजीनामा दिन लगाउन भन्दै सरकार नछोडे हटाउने चेतावनी दिएका थिए । ओलीले बर्खास्त गर्ने भएपछि उपेन्द्रले बाध्य भएर राजीनामा दिएको बुझिएको छ ।  

प्रधानमन्त्रीले बर्खास्तको तयारी गरेपछि उपेन्द्र यादवले हतार हतार दिए राजीनामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *