कामना बैंकको ६ वटा नयाँ शाखा सञ्चालनमा

२०७६ पुस १३ गते

पुस ६, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका स्थित र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष अझै उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित