काठमाडौंका प्रथम जननिर्वाचित सभापति श्रेष्ठको निधन

२०७६ मंसिर २७ गते

मंसिर २७, काठमाडौं । काठमाडौंको प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ ।
शुक्रबार बिहान ७ बजे टेकुस्थित आफ्नै निवासमा ९२ वर्षको उमेरमा निधन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
श्रेष्ठ एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटन दाहसंस्कार गरिएको छ ।
आजभन्दा ६६ वर्षअघि २०१० सालमा भएको काठमाडौं नगरपालिकाको पहिलो निर्वाचनमा तत्कालिन नेकपाबाट श्रेष्ठ करीब २५०० मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका थिए । यद्यपी उनी कम्युनिस्ट पार्टीका सदस्य भने थिएनन् ।
साे समयमा मेयर पद थिएन । अहिलेको मेयरको जस्तो भूमिका सभापतिकै हुन्थ्यो त्यतिबेला ।
स्वर्गीय श्रेष्ठका श्रीमती एक छोरी र एक छोरा छन् ।

२०७६ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित