अज्ञात समूहद्वारा दुई वडा कार्यालयमा आगजनी, कार्यालय जलेर खरानी

मंसिर २५, भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका-३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ  ।   

पौवादुङमा-३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिए । रामप्रसादराई-२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् ।   

घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला  प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =