नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा


मंसिर १६, काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन (२४×७) अझै उत्कृष्ठ सेवा प्रदान गर्न ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्न्चालनमा ल्याएको जनाएको छ ।
नबिल ग्राहक सेवा केन्द्रले ग्राहकहरुकालागि एकल विन्दु (Single touch point-)को रुपमा काम गर्नेछ । बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्तले रहने र ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
ग्राहक सेवा केन्द्रले आगमन र निगमन कलहरू दुबै सम्हाल्नेछ साथै यसले देश तथा बिदेश मा रहेका ग्राहकहरूलाई सुचना आदानदन प्रदान गर्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार बैंकको यस ग्राहक सेवा केन्द्रले ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्त गर्नेछ । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको customer service delivery लाई थप सुधार गर्नुका साथै customer experience लाई अझ परिस्कृत सुद्रीढ बनाउन मदत पुग्ने अधिकृत शाहले बताए ।
null
निजि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिल बैंकको देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् ।
