मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम बराह किचेनमा सम्पन्न

पुस ०२, काठमाडौं । वाई वाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम मंगलबार बराह किचेनमा सम्पन्न भएको छ ।   

आगामी पौष ५ गते हुने नेपालआईस मिस पुर्वान्चलको फिनालेको लागि तयारी गरिरहेका प्रतियोगीहरु मध्ये मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम सम्पन्न भएको हो । 

छनोट कार्यक्रममा डा. सरुन कोइराला, बराह ग्रुपका वरिष्ठ प्रशासकिय अधिकृत गंगा कालिकोटे, मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन, सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल र सुरेश राई निर्णायक रहेका थिए । 

null

प्रतियोगीहरुको प्रश्न/उत्तरको शैली, भेषभुषा, आउटनलेज, टेबल म्यानर लगायतका कुराहरुको आधारमा वाईवाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअलको छनोट गरिनेछ । 

सिजी ब्रुअरी को मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र  ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह प्रायोजनमा  तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने मिस पुर्वान्चल २०१९ को विजेताले मिस पूर्वाञ्चल २०१९  को उपाधिसँगै दुइ लाख नगद र अध्ययनका लागी छात्रवृत्ति दिईने आयोजकले जनाएको छ ।   

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद  र पचास  हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमेडिया र मिस पर्सनालिटी, मिस बेस्ट  कम्लेक्सन ,मिस इन्टलेक्चुअल लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *