अमेरिकामा प्रहरी र हतियारधारीबीच गोली हानाहान, प्रहरी अधिकृतसहित ६ जना मारिए

मंसिर २५, अमेरिका । न्युजर्सी शहरको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच एक घण्टासम्म गोली हानाहान हुदाँ एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ भने अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् । 

गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् । स्थानीयबासीका अनुसार गोलीबारीको सुरुआत एक पसलबाट भएको थियो, जहाँ दुई संदिग्ध व्यक्ति लुकेका थिए । 

दुई जना संदिग्ध व्यक्तिले गोली चलाएका थिए । जोसेफको हत्यापछि ती दुवै ट्रकमा चढेर भागे र नजिकैको एक सुपरमार्केटमा लुके । उनीहरुले सुपरमार्केटभित्रबाट पनि प्रहरीमाथि गोली चलाइरहे । उनीहरुले पसलभित्रका तीन जना व्यक्तिको पनि हत्या गरे । 

null

त्यसपछि विशेष प्रहरी दस्तालाई बोलाइयो र ती आक्रमणकारी पनि मारिए । प्रहरीका अनुसार आक्रमणकारीबाट राइफल र त्यसमा लाग्ने सयकडौं राउण्ड गोलीहरु बरामद भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *