हेमबहादुर मल्ल सम्मान कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई

पुस ११, काठमाडौं । लोड सेडिङ अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई हेमबहादुर मल्ल सम्मान २०७३ द्वारा सम्मानीत गरिएको छ । भने, ०७४ सालको सोहि पुरस्कार तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ ।  

शुक्रबार राजधानीमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले घिसिङ र डा. रुइतलाई सम्मान तथा पुरस्कृत गरे । पुरस्कृतद्वयलाई जनही दुई लाख नगद पुरस्कार प्रदान गरियो । 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि उपराष्ट्रपति पुनले घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताए। सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उनको भनाइ थियो। उनले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गरे। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई नेपालको दुर्गम गाउँमा विजुली पुर्याउन, साना जलविद्युत आयोजना सञ्चालन गर्न, चिलिमे जलविद्युत आयोजनामा स्थानीयलाई सहभागी गराउन तथा नेपालको विद्युत आपुर्ति एवं वितरण प्रणालीलाई ब्यवस्थित गर्न उत्कृष्ठ काम गरेवापत हेमबहादुर मल्ल सम्मान २०७३ बाट सम्मानीत गरिएको हो ।   

यसैगरी अर्का सम्मानीत ब्यक्तित्व डा. सन्दुक रुइतलाई आँखाको उपचारमा उल्लेखनीय योगदान पुर्याए वापत, १ लाख ३० हजार बढि आँखा रोगीको सफल उपचार गरेको, तिलगंगा आँखा अस्पताललाई उत्कृष्ठ आँखा अस्पतालको रुपमा स्थापना गरी विश्वका ३० वटा भन्दा बढि देशहरुमा प्रयोग भइरहेको गुणस्तरीय लेन्स उत्पादन गर्न योगदान दिएको भन्दै हेमबहादुर मल्ल सम्मान २०७४ ले सम्मानीत गरिएको बताइएको छ ।   

हेमबहादुर मल्ल सम्मान २०५९ सालमा नेपाल जनप्रशासन संघ र साल्ट ट्रेनिङ्ग कर्पोरेशनको आपसी सहकार्यमा स्थापना गरिएको हो । यो पुरस्कार हालसम्म १५ जनाले पाइसकेका छन् ।   

यो पुरस्कार वितरणका लागि हेमबहादुर मल्ल सम्मान उच्स्तरीय छनौट समिति गठन गरी योग्य ब्क्ति छनौट गरिन्छ । यस पटकको पुरस्कार छनौट समिति कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा डा. हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य रहेको समिति गठन गरिएको थियो । समितिले विभिन्न प्रक्रियाबाट घिसिङ र डा. रुइतलाई पुरस्कारका निम्ति सिफारिस गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 6 =