भूकम्प प्रभावित ९ विद्यालयले पाए नयाँ भवन

२०७६ पुस १३ गते

पुस १३, काठमाडौं । केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले भूकम्प प्रभावित ३ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको छ ।
इकाईले शनिवार कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरेको हो ।
त्यस्तै, केन्द्रले बिहिवार दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।
त्यस्तै, शुक्रवार धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण गरेको थियो ।

२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित