आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता

  

पुस ९,काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । 

सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र ‘आइएमई पे’  मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । 

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट संचालक खिलेन्द्र पौडेल र लुम्बिनी विकासका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *