आन्तरिक विवादले बस्नै सकेन कांग्रेस केन्द्रीय समितिको बैठक

२०७६ पुस २ गते

पुष २, काठमाडौं । आजका लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । आन्तरिक विवाद समाधान नभएपछि दिउँसो १ बजेका लागि डाकिएको बैठक स्थगित भएको हो ।
सहमतिको प्रयासमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । साथै दुवै पक्षले आ आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए ।
कृष्णप्रसाद सिटौलाले पनि सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग तथा मंगलबार वरिष्ठ नेता पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
null

२०७६ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित