सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय

पुस ११, पोखरा ।  सिद्धार्थ इन्स्योरेन्स लि. को गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालयको समुद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई द्वारा गरिएको छ । 

सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि संगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । 

कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए  । समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *