प्लस टु ब्रिजवाटर कपको आज पाँचौ दिन दुई खेल हुदैँ

पुस ०३, भक्तपुर । प्लस टु ब्रिजवाटर कप २०१९ को खेल प्रतियोगिताको पाँचौ दिन बिहिबार दुई खेल हुदैँछ ।   

आजकाे खेल प्रतियोगितामा टाईम्स ईन्टरनेशनल कलेज र ईष्ट प्वाईन्ट, साउथ वेस्टन कलेज र कस्मिक कलेज तथा नेपालय कलेज र सिवर्ड कलेज विच खेल हुदैँछ  । 

गत मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एशोसियसनको खेल मैदानमा जारी प्रतियोगितामा बुधबार भएको खेलमा आदर्श जनप्रेमी, न्यूमिलिनियम र साईपल एकेडेमीले जित हासिल गरेका छन् ।   

null

बुधबार भएको पहिलो खेलमा आदर्श जनप्रेमीले श्रमिक शान्तिमाविलाई ९–८ को अन्तरले पराजित गरेको हो । त्यसैगरि न्यू मिलनियम र कौस्तुप एकेडेमी बिच भएको दोश्रो खेलमा ३–२ को अन्तरले कौस्तुपलाइए पछाडि पार्दै न्यू मिलनियमले जित हासिल गरेको छ । तेश्रो खेलमा साईपल एकेडेमीले भिमेश्वर एकेडेमीलाई ३–० को अन्तरले पछाडि पार्दै साईपल एकेडेमीले जित हासिल गरेको छ । 

ब्रिजवाटर इन्टरनेशनल  कलेज सिनामंगलले आयोजना गरेको अहिलेसम्म कै ठूलो पुरस्कार राशीको ब्रिजवाटर कप २०१९ मा आजको खेलमा विजयी तीन वटै विद्यालय दोश्रो चरणमा प्रवेश गरेका छन् ।   

खेलमा पहिलो खेलमा आदर्श जनप्रेमीबाट पारश खत्री, दोश्रो खेलमा न्यूमिलिनियमका विशाल सुनार र तेश्रो खेलमा साईपल एकेडेमीका संजिव लामा म्यान अफ दि म्याच घोषित भए । उनीहरुलाई क्रमशः काठमाण्डौं प्याब्सनका सहसचिव सूर्यबहादुर भण्डारी, समाजसेवी रघुनाथ खड्का र भिमेश्वर एकेडेमीका प्रिन्सिपल अमृतकुमार खड्काले अवार्ड प्रदान गरका छन् ।   

प्रतियोगितामा विजेता स्कुललाई नगद रु. १ लाख र उपविजेतालाई नगद रु. ५० हजार सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्रिजवाटर ईन्टरनेशनल कलेजका प्राचार्य तेज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता १२ गतेसम्म जारी रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =