‘काठमाडौं नेचुरोपेथी अस्पताल’ सञ्चालनमा

मंसिर १६, काठमाडौं । राजधानीको बसुन्धरामा नयाँ अस्पताल सञ्चालनमा आएको छ । एलोपेथिक उपचार पद्दतिबाट दिक्क भएकाहरुका लागि ‘काठमाडौं नेचुरोपेथी अस्पताल’ले प्राकृतिक चिकित्सा पद्दतिबाट उपचार दिनेछ । उक्त अस्पतालको आइतबार एक समारोहबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे ।   

अस्पताल उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्ने विश्वास व्यक्त गर्दै भने, ‘अस्पतालले सेवाग्राहीसामु जेजति सेवा उपलब्ध गराउने कबुल गरेको छ, त्यसमा कुनै कमजोरी हुँदैन भन्नेमा मेरो विश्वास छ ।’ उपप्रधानमन्त्री पोखरेलले गुणस्तरीय स्वास्थ्य सेवा भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा हुने बताए । 

उद्घाटनमा अस्पतालका अध्यक्ष गणेश पाण्डेले प्राकृतिक चिकित्सा पद्धतिको प्रवद्र्धन गर्न र सवसाधारणलाई सर्वसुलभ रुपमा प्राकृतिक चिकित्सा उपचार उपलब्ध गराउनु अस्पतालको उद्देश्य रहेको बताए ।   

उनले अस्पताल सञ्चालनबाट रोजगारीको अवसर समेत सिर्जना हुने बताए । अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति, प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकका माध्यमबाट उपचार गरिने छ । 

काठमाडौं नेचुपोथेरापी अस्पतालमा अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिस्ट, नेचुरल थेरापिस्टलगायतको सुविधा उपलब्ध छ । 

विनाऔषधि र विना शल्यक्रिया उपचार गरिने अस्पतालमा प्यारालाइसिस, नशा च्यापिएको, हड्डी खिइएको तथा कम्मर, गर्धन दुखाई, बाथ, उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम जस्ता रोगको उपचार गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =