अवैध तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

मंसिर २३, धनुषा । प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । 

उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो । प्रदेशभरि वित्तीय अनुशासन कायम गर्नुपर्ने निकायका प्रमुख पदाधिकारीले नै अनुशासनहीन प्रदर्शन गर्दै कर्मचारीको तलब व्यक्तिगत खातामा बुझ्ने गरेका छन् । 

प्रदेशसभा गठनपछि राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव सभामुख र समाजवादी पार्टीका उपमा देव उपसभामुखमा चयन भए । उनीहरूले निजी सचिवालय निर्माण गरी कर्मचारीका नाममा मात्र भर्पाइ पेस गरेर प्रदेशसभा सचिवालयमार्फत लाखौं रकम व्यक्तिगत खातामा बुझेको सचिवालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *