साताको पहिलो दिन आईतबार सुनचाँदीकै भाउ घट्यो
२०७६ मंसिर २२ गते

मंसिर २१, काठमाडौँ । साताको पहिलो दिन आज आईतबार सुनचाँदीकै भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको अन्तिम दिन शुक्रबार प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावा सुन आज तोलामा ५ सय रूपैयाँ घटेर प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजाबी सुनमा पनि तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आईतबार चाँदीको भाउमा पनि तोलामा १० रुपैयाँ घटेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको चाँदीको भाउ आज प्रतितोला ८ सय ४० मा बिक्री बितरण भईरहेको छ ।
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








