भिजिट नेपाल २०२०ः ६५ करोड बजेट अनुमान, पोखरालाई थप पर्यटकीय गन्तव्य बनाउन पर्यटनमन्त्रीको आग्रह

पुस १३, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरामा थप पर्यटकीय गन्तव्य तथा ठुला संरचना बनाउन नीजि क्षेत्रहरुलाई आग्रह गरेका छन् ।   

पोखरामा हुन लागेको सडक महोत्सवमा सहभागी हुन आएका स‌ंस्‍कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरालाई पर्यटन हबका रुपमा थप व्यवस्थित बनाउन प्रदेश, स्थानीय सरकार तथा पर्यटन व्यवसायीसँग आग्रह गरेका हुन् ।   

अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको र त्यो बेला पोखराले योभन्दा थप केही दिन सकेन भने एयरपोर्टको बिजनेसले मात्रै नधान्ने उनको भनाइ छ ।   

Image result for याेगेश भट्टराई

पोखरा पुगेका मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ तयारी भइरहेको पनि जानकारी गराए । 

‘सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको घोषणा गरेको थियो’, मन्त्री भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलस्थलको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय उडानको विस्तार, अन्तर्राष्ट्रिय प्रचारप्रसार र पर्यटकीय संरचना तयार भइसकेका कारण सरकारले यो लक्ष्य पुरा गर्न सक्छ ।   

नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहमा एक दर्जन हाराहारी मुलुकका पर्यटनमन्त्री सहभागी हुने पनि मन्त्री भट्टराईले जानकारी दिए ।   

उनका अनुसार कार्यक्रम शुभारम्भमा भारत, चीन, म्यानमार, युएई, बंगलादेश, कतार, कम्बोडियासहित एक दर्जन मुलुकका पर्यटनमन्त्री आउने निश्चित भइसकेको छ ।   

भ्रमण वर्षका निम्ति नेपाल सरकारले ९ करोड रुपैयाँ छुट्याए जानकारी गराउँदै मन्त्री भट्टराईले भ्रमण वर्षको सचिवालयले ६५ करोड रुपैयाँको बजेट अनुमान र अपुग बजेट नेपाल सरकारले दिने बताए ।   

यस्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन भएको स्मरण गराउँदै उनले अब २४ सै घण्टा नै चलाउन सक्ने अवस्थामा आइपुगेको जानकारी गराए ।   

दिल्ली–काठमाडौं, काठमाडौं दिल्ली उडान पनि केही नयाँ एयरलाइन्सहरुले थपेको उनको भनाइ छ ।   

‘नेपालको अन्तर्राष्ट्रिय बजार, छवि आज धेरै माथि उठेको छ । यो पनि अर्को आधार हो । नेपाल दुनियाँको गन्तव्य लिस्टमा परिराखेको छ । अन्तर्राष्ट्रिय मिडियाहरुले पनि नेपाल उत्कृष्ट गन्तव्य हो भनेर प्रचार गरिराखेका छन्’, उनले भने ।   

भ्रमण वर्ष सुरु हुन अब २ दिनमात्रै बाँकी छ । सरकारले २०२० को जनवरी १ मा काठमाडौंसहित सातै प्रदेशबाट भ्रमण वर्ष सुभारम्भ गर्दैछ।   

जनवरी ७ मा विश्वभरिका सबै नेपाली कुटनीतिक नियोगहरुले भ्रमण वर्षको सुभारम्भ आ–आफ्नो देशमा गर्नेछन् । यही डिसेम्बर ३१ मा विश्वका सबैभन्दा अग्ला टावरहरुमा नेपालको राष्ट्रिय झण्डा र भ्रमण वर्षको प्रवर्द्धन गर्ने मन्त्री भट्टराईले जानकारी दिए ।   

साथै अन्तर्राष्ट्रिय मिडियाहरुमा भ्रमण वर्षको प्रचारका निम्ति सम्झौता भइसकेको छ । दशरथ रंगशालामा लगभग ३ घण्टामा सकिने समारोहमा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय मिडिया, टेलिभिजनहरुलाई पनि आमन्त्रण गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =