‘पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो’

पुष १५, कञ्चलनपुर । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपामा अब कोही पनि पूर्व पश्चिमको नरहेको बताएका छन् । नेकपा भित्र अझैपनि पूर्वपार्टीको भाव देखिएको सन्दर्भमा उनले भने, ‘नेकपामा अब पूर्व–पश्चिम छैन । पूर्वएमाले र पूर्वमाआवादी अब इतिहास भइसक्यो । पार्टीले उपयुक्त निर्णय गर्छ र सभामुख चयन हुन्छ ।’ 

 कञ्चनपुरमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बास्कोटाले सभामुख नेकपाकै नेता हुने भन्दै यस विषयमा मुख्य नेताहरूबीच सम्भवतः सहमति भइसकेकेको बताए । 

कञ्चनपुर पुगेका मन्त्री बास्कोटाले  कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने बताए । उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएर छाडिन्छ ।’ 

त्यस्तै उनले साइबर अपराध गर्न पल्केकाहरूले सूचना प्रविधि विधेयकको विरोध गरेको भन्दै नयाँ बन्ने कानुनबाट सामाजिक सञ्जालको सदुपयोग गर्नेहरूलाई कुनै असर नपर्ने बरु थप सुरक्षा हुने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =