सुनको भाउ बढ्यो, हेर्नुस् आजको भाउ

मंसिर २९, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार तोलमा ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज  साताको पहिलो दिन आज  आईतबार तोलामा ५ सय रुपैयाँले बढेको छ ।   

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला  ७० हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोल ७१ हजार ३ सयमा कारोबार भई रहेको महासंघले जनाएको छ ।   

त्यसैगरी शुुक्रबार प्रतितोला ७० हजार ५ सय कायम भएको तेजाबी सुनमा आज तोलामा ५ सय रुपैयाँ बृद्धी भएर प्रतितोला ७१ हजार रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनको भाउ बढ्यो

महासंघका अनुसार आज  चाँदीको भाउमा पनि तोलमा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *