मालपोतका नायव सुव्बाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचार मुद्दा

मंसिर २७, काठमाडौं । मालपोत कार्यालय काभ्रेपलाञ्चोकका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभे्रको मालपोत कार्यालयका नायब सुब्बा रोसकाजी जस्पाउलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।   

रोसकाजीले खरिद बिक्री भएको जग्गाको राजस्व र लाभकरसमेत दाखिला गरी जग्गाधनी प्रमाण पूर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग २० हजार घुस लिएको अख्तियारको आरोप छ ।   

Image result for भ्रष्टाचार मुद्दा

अख्तियारको टंगालबाट गएको टोलीले नायब सुब्बा रोसकाजीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।   

उनका अनुसार अनुसन्धानको सिलसिलामा रोसकाजीले खरिद बिक्री भएको जग्गाधनी प्रमाणपूर्जा लिने प्रयोजनको लागि गएका सेवाग्राहीलाई राजस्व, लाभकर संकलन एवं लिखत पारित लगायतको काम गरेको भनी नियमानुसार गरिसकेको कामका लागि विभिन्न वरबहाना बनाई घुस रकम लिएका हुन् ।   

उनलाई कानुनबमोजिम सजाय मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =