फरवार्डले घरमै आएर कर्जा मिनाहा गरिदिँदा सहनी परिवारमा फर्कियो खुसी

मंसिर ३०, झापा । एक जनाको कमाईबाट घर धानिरहेको अवस्थामा कमाउने मान्छेकै अकास्मात निधन हुँदा त्यो परिवारमा परेको पिडा कस्तो होला ? हामीले सजिलै अनुमान लगाउन सक्छौं । यस्तै पिडा ब्यहोर्नुपर्यो झापा भद्रपुर–८ सहनी परिवारलाई ।   

श्रीमानको मृत्युपछि दुई छोरालाई बनिबुतो गरेर पालिरहेकी सीता सहनीको पनि गत मंसिर १६ गते अकस्मात मृत्यु भएपनि सहनी परिवार शोकमा डुविरहेको थियो नै, त्यसमाथी गएको साउनमा सीता सहनीले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था मार्फत माछा पसल चलाउन भनेर लिएको कर्जाको जिम्मेवारी पनि आइलाग्यो ।   

आमाको क्रियामा बसेका छोराहरुलाई अब कसरी कर्जा चुक्ता गर्ने र परिवार पाल्ने चिन्ता बढिरहेको अवस्थामा फरवार्डले कर्जा विमा सुरक्षण अन्र्तगत सीता सहनीले लिएको कर्जा मिनाहा गरिदिए पछि ठूलो चिन्ता हटेको छ ।   

४ महिना अघि साउन २० गते सीता सहनीले माछा ब्यवासाय गर्ने भनेर फरवार्ड मार्फत १ लाख २० हजार कर्जा लिएकी थिइन् । नियमित रुपमा कर्जा तिरिरहेको र ब्यवसाय पनि राम्ररी चलेको अवस्थामा गत मंसिर १६ गते सीताको निधन भयो । यसले न्यून आए भएका सहनी परिवारमा ठूलो विपत आइलागेको थियो ।   

१६ गतेदेखि आमा सीता सहनीको क्रियामा बसेको सहनी परिवारलाई फरवार्डले कर्जा मिनाहा मात्र गरिदिएन, क्रिया खर्च वापत थप १२ हजार समेत दिएको छ ।   

आज फरवार्ड विर्तामोड शाखाका प्रमुख भिमसेन गच्छदार, इलाका प्रमुख नितु चौधरी तथा सोही वडाका वडाध्यक्ष बन्दु कार्कीसमेत गएर सहनीका छोरा जोगेन्द्र सहनीलाई कर्जा मिनाहा र क्रिया खर्च समेत प्रदान गरेका थिए ।   

फरवार्डले यसरी घरमै आएर कर्जा मिनाहा गरिदिँदा सहनी परिवारमा खुसी छाएको थियो नै क्रिया खर्च बापत १२ हजार नगद समेत पाएपछि सीताका छोरा श्याम सहनी फरवार्ड प्रति अनुग्रहित भए ।   

रकम हस्तान्तरणमा भद्रपुर वडा नं. ८ का वडाध्यक्ष बन्दु कार्कीेले ग्रामिण क्षेत्रमा आर्थिक रुपमा कमजोर रहेका समुदायलाई फरवार्डले चलाएको लघुवित्त कार्यक्रम अत्यन्त फलदायी भएको बताए ।   

फरवार्डका शाखा प्रमुख भिमसेन गच्छदारले महिला मार्फत सामुहिक जमानीमा फरवार्डले महिलालाई आर्थिक रुपमा शशक्त बनाउन चलाएको कार्यक्रम प्रभावकारी भएको बताए । उनले सो क्षेत्रमा फरवार्डले सञ्चालन गरेको लघुवित्त कार्यक्रमले धेरै महिलाहरुको जिवनस्तर उकासेको स्मरण गर्दै आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने बताए ।   

भद्रपुर एरियामा मात्रै फरवार्डका १८ हजार महिला सदस्य रहेको शाखा प्रमुख गच्छदारले जानकारी दिए । महिला शशक्तिकरणकी अभियान्ता पूर्वराज्यमन्त्री भगवती चौधरीले नेतृत्व गरेको फरवार्ड देशका ४० भन्दा बढि जिल्लामा सक्रिय रहेको छ जहाँ अढाई लाख महिलाहरु आबद्ध छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *