कुहिएको अवस्थामा भेटियो आमाछोरीको शव, श्रीमान् फरार

मंसिर २४, काठमाडौ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ लक्ष्मणवास्थित डेरामा बस्दै आएका आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।   

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ का शिशवा महेशपुर घर भएका पवन साहकी २२ वर्षीय श्रीमती र अढाई वर्षकी छोरी मृत अवस्थामा फेला परेका हुन् ।   

वीरगञ्जस्थित लक्ष्मणवाका मोहन झाको घरमा डेरा लिइ बस्दै आएका उनीहरुको शव सोमबार साँझ डेराभित्रै कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।   

Image result for आमा छोरी मृत फेला

घरभित्र दुर्गन्ध फेलिएपछि घरभेटी झाले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा आएका प्रहरीले ढोका फोडेर हेर्दा कपडाभित्र बेरिएर राखिएको अवस्थामा शव भेटिएको हो ।   

श्रीमान् पवन भने फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *