न्याय माग्दा प्रहरीले उल्टै २८ दिन थुनामा राखेपिछ…

मंसिर २१, वीरगन्ज । घरमै पसेर कुटपिट गर्नेहरूलाई कारबाहीको माग गर्दै प्रहरीसँग न्याय माग्न गएकी एक महिलालाई प्रहरीले उल्टै २८ दिन प्रहरी थुनामा राखेको घटना सार्वजनिक भएको छ । 

बाराको जितपुर सिमरा ७ नसीम टोलकी ३० वर्षीया रिजवाना खातुन घरमा पसेर कुटपिट गर्नेहरूविरुद्ध जाहेरी दिन गत असोज ८ गते इलाका प्रहरी कार्यालय सिमरामा पुगेकी थिइन् । 

तर प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी मुद्दा दर्ता भएको भन्दै नियन्त्रणमा लिएपछि खातुन २८ दिनसम्म प्रहरी थुनामा बस्न बाध्य भएकी हुन् । अदालत पर्साले खातुनविरुद्ध परेको ठगी मुद्दामा आवश्यक प्रमाण नदेखिएको भन्दै धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी ५ लाख रुपैयाँ बुझाएर कात्तिक ६ मा रिहा भएकी हुन् । 

null

२८ दिन थुनामा रहँदा प्रहरीले आफूलाई मानसिक एवं शारीरिक यातनासमेत दिएको पीडित उनले बताइन् । शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनले भनिन्, ‘न्याय माग्न प्रहरीलाई गुहार्न गए तर उल्टै प्रहरीले मलाई हुँदै नभएको झुठा ठगी मुद्दामा फसाएर २८ दिन थुनामा राख्यो, थुनामा रहँदा प्रहरीले मलाई यातना पनि दिए ।’  

नसीम टोलमा रहेको खातुनको दुई धुर घडेरी मिचेर घर बनाएका छिमेकी जाकिर हुसेन अन्सारी र खातुनबीच चार वर्षदेखि जग्गाको विवाद चल्दै आएको छ  । याे समाचार अन्नपूर्ण पोस्ट्ले छापेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *