मलेसियाद्वारा नेपालबाट ३१ हजार २ सय १ जना कामदारको माग

मंसिर १७, काटमाडौँ । मलेसियाद्वारा नेपालबाट ३१ हजार २ सय १ जना कामदारको माग गरिएको छ ।  मंगलबार  क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।   

जारी गरिएको विज्ञप्तीमा औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग भएको जानकारी गराईएको छ । 

लामो समयदेखी नेपालबाट रोजगारीको लागि मलेसिया जान बन्द रहेको अवस्थामा अक्टुबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो । 

Image result for मलेसिया

सुरुमा मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =