ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

पुस ३, दाङ ।  दाङमा रा १ त १४३५ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक विद्यार्थी घाइते भएका छन् । 

दाङको तुलसीपुर ५ गोदामघर नजिकै ट्याक्टरले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको हो भने अर्का एक विद्यार्थी घाइते भएका हुन् ।   

मृत्यु हुनेमा  तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीया विजिता केसी रहेकी छिन् । 

Image result for ट्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

केसीको उपचारको क्रममा  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरी कार्यालय दाङले जनाएको छ । 

प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सोही विद्यालयमा  अध्ययनरत घाइते १४ वर्षीया मनिषा वलीको भने सोही अस्पतालमा उपचार भईरहेको छ ।   

उनीहरुलाई ठक्कर दिने ट्रयाक्टर चालकलाई पक्राउ गरि कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =