आज शनिवार यसरी चम्किदैँ छ तपाईँको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

पुस ०५, काठमाडौं । वि.सं. २०७६ पुस ५। शनिबार। इ.स. २०१९ डिसेम्बर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। दशमी, १७:३४ उप्रान्त एकादशी। नक्षत्र– चित्रा, २०:४१ बजेउप्रान्त स्वाती। योग– शोभन, १२:५२ बजेउप्रान्त अतिगण्ड। करण– भद्रा, १७:३४ बजेदेखि वव, २८:३१ बजेउप्रान्त वालव। आनन्दादिमा काण योग। चन्द्रराशि– कन्या, ९:२६ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ० पला। दिशिपूजा। सर्वार्थसिद्धि योग २०:४१ बजेदेखि।
तपाईँको आजको राशिफल
मेष
null
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मुल्याङ्न हुनेछ ।
वृष
आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
मिथुन
सामान हराउने योग छ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
कर्कट
ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।
सिंह
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । अधुरो काम पूरा हनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।
कन्या
आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति हात पर्ला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ ।
तुला
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फलदायी यात्रा नहोला ।
वृश्चिक
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ ।
धनु
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मकर
आज परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ ।
कुम्भ
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । मन खिन्न हुने स्थिति आउनसक्छ ।
मीन
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल ज्यो।प। नारायणप्रसाद दुलाल








