राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न पाइने

पुस ४, काठमाडौं। राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । 

नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । 

यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सँगालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजी निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाए । 

राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी २०६५ सालदेखि सर्वसधारणका लागि खुला गरिएको छ । यो समाचार गोरखापत्र दैनिकले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =